फुटबलर जीवन चौधरीकी श्रीमतीको निधन

इटहरी (खेलदैनिक) । विभिन्न क्षेत्रको सहयोग र प्रयासका बावजुद सुनसरीका फुटबलर जीवन चौधरीकी श्रीमती बिनीता चौधरीको निधन भएको छ ।

चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार मृगौलाको समस्याका कारण बिरामी परेकी चौधरीकी श्रीमतीको पुष १ गते निधन भएको हो ।

स्मरणीय छ कि ए डिभिजन फुटबलर वर्तमान राई र गोलनेपाल फाउण्डेशनको विशेष अभियानमा दिवंगत चौधरीको उपचार खर्चका लागि देशविदेशमा रहेका फुटबल खेलाडी, समर्थक र शुभेच्छुकहरुले आर्थिक सहयोग गरेका थिए ।

त्यसैगरी उता सो आर्थिक संकलन अभियानमा विशेष सहयोग पुराएको राष्ट्रिय जागृति युवा क्लब, इटहरीले मंगलबार दिवंगत भएको चौधरीको परिवारप्रति दुःख र समवेदना प्रकट गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...