आयोजक रामधुनी सेमिफाइनलमा प्रवेश

सुनसरी (खेलदैनिक) । आयोजक रामधुनी आदर्श फुटबल क्लब जारी दोस्रो रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रामधुनी नगरपालिका ४ सिक्दार माझी टोलस्थित स्थानीय खेलमैदानमा सोमबार सम्पन्न खेलमा रामधुनीले गाईघाट एफसीलाई सडेन डेथमा हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । खेलमा साजन राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद ३ हजार प्राप्त गरे ।

रामधुनी आदर्श फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...