हेटौडा : प्रदेश ३ मा एन्फाको कोचिङ कोर्ष शुरु

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा प्रदेश नम्बर ३ हेटौडामा पनि कोचिङ कोष सोमबारदेखि शुरु भएको छ ।

कोर्षमा प्रदेश नम्बर ३ का फुटबल प्रशिक्षकहरु सहभागि छन् । एन्फाले नेपालको सातै प्रदेशमा कोचिङ कोर्ष अभियान शुरु गरेको छ ।

चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार एन्फाले यो कोर्ष आगामी एएफसी सी लाईसेन्स कोचिङ कोर्षलाई मध्यनजरमा राखेर आयोजना गरिएको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...