
काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ ११ औं र १२ औं चरणको खेलतालिका सार्वजनिक गरेको छ ।
जसअन्तरगत लिगको ११ औं चरणको खेलहरु पुष ११ गते हुनेछन् । त्यस्तै १२ औं चरणको खेलहरु भने पुष १६ गतेदेखि शुरु हुनेछन् ।
लिग उपाधिको प्रबल दावेदार बनेको मनाङ मस्र्याङ्दी क्लबले ११ औं चरणको खेलतर्फ पुष १२ गतेका दिन मनाङलाई पछ्याईरहेको सिएमजी संकटा क्लबको सामना गर्नेछ । चर्चित नेपाली साईट गोलनेपालका अनुसार संकटालाई त्यो खेलमा हराउन सकने मनाङको लिग उपाधि पक्का हुनेछ ।
यस्तो छ लिगको ११ औं र १२ औं चरणको खेलतालिका ।
