राष्ट्रिय फुटबलरद्वय किरण र रोहित सम्मानित

काठमाडौं (खेलदैनिक) । सोसल वेलफेयर स्पोर्टस् सेन्टर फुटसल एकेडेमीले नेपालका दुई स्टार फुटबलरद्वय रोहित चन्द र किरण चेम्जोङलाई सम्मान गरेको छ । एकेडेमीले रोहित र किरणलाई आइतबार एक कार्यक्रमका बीच सम्मानित गरेको हो ।

इण्डोनेसियामा पर्सिजा जकार्ताबाट व्यवसायीक फुटबल खेलिरहेका रोहितले यसै सिजन क्लबसँग इण्डोनेसियन सुपर लिगको उपाधि जितेका थिए । साथै उनी लिगको सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएका थिए ।

त्यस्तै माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवसायीक फुटबल खेलिरहेका किरणले यसै बर्ष माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेका थिए । त्यसक्रममा किरण लिगको उत्कृष्ट गोलरक्षक समेत घोषित भएका थिए ।

सम्मान कार्यक्रमका अन्य राष्ट्रिय फुटबलरहरु सुजल श्रेष्ठ, बिशाल राई र बिशाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...