एपिएफ झापालाई हराउँदै उर्लाबारी सेमिफाइनलमा

सुनसरी (खेलदैनिक) । उर्लाबारी एफसी जारी दोस्रो रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रामधुनी नगरपालिका ४ सिक्दार माझी टोलस्थित स्थानीय खेलमैदानमा आइतबार सम्पन्न खेलमा उर्लाबारीले एपिएफ झापालाई पेनाल्टी शुटआउटमा ४–१ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । खेलमा बिकी राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद ३ हजार प्राप्त गरे ।

रामधुनी आदर्श फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...