सहारा यूकेको अध्यक्षमा कुमार गुरुङ निर्विरोध

पोखरा (खेलदैनिक) । सहारा क्लब पोखराको भगिनी संस्था सहारा यूकेको छैटौ अधिवेशनबाट कुमार गुरुङ निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन । त्यसैगरि संस्थाको महासचिबमा धनु थकाली निर्वाचित भएको सहारा यूकेका निवर्तमान अध्यक्ष मिन गुरुङले जानकारी दिएका छन ।

आगामी दुई वर्षका लागि निर्वाचित पहाधिकारी तथा सदस्यमा सेवानिर्वित लेफ्टिनेन्ट कुसाङ गुरुङ, कृष्ण गुरुङ सहारा फुटबल कमिटी अध्यक्ष, मनोज गुरुङ उपाध्यक्ष सहारा फुटबल कमिटी, सेवानिर्वित नेपाल प्रहरीका डिएसपी बाचस्पती रेग्मी सचिब, शारदा गुरुङ कोषाध्यक्ष, प्रकाश गुरुङ सह–कोषाध्यक्ष, मिलन गुरुङ संचार संयोजकमा निर्वाचित भएका छन ।

बेलायत स्थित अल्डरसटमा सम्पन्न साधारणसभा सभ्य र भब्य रुपमा सम्पन्न भएको भन्दै निवर्तमान अध्यक्ष मिन गुरुङले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै सहयोग गर्ने सबैमा आभार प्रकट गरे । “सहारा यूके सधै बेसहाराहरुको सहारा रहेकोले पनि यसको गरिमा उच्च छ र यसलाई अगाडी बढाउन आफ्नो सहयोग रहनेछ” निवर्तमान अध्यक्ष गुरुङले भने ।


प्रतिक्रिया दिनुहोस

Loading...