दावेदार मनाङलाई पाँच अंकको स्पष्ट अग्रता

काठमाडौं (खेलदैनिक) । जारी ए डिभिजन लिगमा अपराजित रहेको दावेदार मनाङ मस्र्याङ्दी क्लबले आइतबार नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध एक गोलले हराउँदै लिगतालिकामा ५ अंकको स्पष्ट अग्रता बनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा मनाङका लागि दोस्रो हाफको ५२ औं मिनटमा अडिलेजा सोमिडेले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो । यो जितसँगै १० खेलबाट ३० अंक जोडेको मनाङले ५ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको संकटाको २५ अंक छ । उता पराजित पुलिस भने १५ अंकका साथ छैठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...