
सुनसरी (खेलदैनिक) । शनिबारदेखि शुरु दोस्रो रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा धनकुटा एफएले बिजयी शुरुवात गरेको छ ।
रामधुनी नगरपालिका ४ सिक्दार माझी टोलस्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा धनकुटाले दमक फुटबल एकेडेमीलाई ३–० ले हरायो । खेलमा विवश लावती म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद ३ हजार प्राप्त गरे ।
रामधुनी आदर्श फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।