इलामलाई प्रथम भगिमन सिंह तुम्बाहाङफे कपको उपाधि

तेह्रथुम (खेलदैनिक) । शनिबार सम्पन्न श्री भगिमन सिंह तुम्बाहाङफे कप आ्मन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि इलामले जितेको छ ।

म्याङलुङ, तेह्रथुम स्थित स्थानीय खेलमैदानमा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा इलामले उदयपुरलाई २–१ ले हरायो । बिजेता बनेको इलामले उपाधिसहित २ लाख ५ हजार हात पार्यो भने उपविजेता उदयपुरले १ लाख १५ हजारमा चित्त बुझायो ।

व्यक्तिगत विद्यातर्फ फाइनल खेलको म्यान अफ द म्याच अनिश थापा घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षकको पुरस्कार उदयपुरका रेम्बो चौधरीले जितेको भने उत्कृष्ट डिफेन्डरको पुरस्कार इलामका हरि सिटौलाले हात पारे ।

त्यसैगरी सर्वाधिक गोलकर्ताको पुरस्कार गणेश हेमरन र समिरराज राउतले संयुक्त रुपमा हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने उदयपुरका रोशेष श्रेष्ठ घोषित भए ।

श्री भगिमन सिंह तुम्बाहाङफे स्मृति प्रतिष्ठानको आयोजनामा यहि पुष २ गतेदेखि शुरु भएको प्रतियोगितामा पूर्वका कुल १० टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...