बराबरीमा रोकियो संकटा, मनाङलाई फाईदा

काठमाडौं (खेलदैनिक) । शुरुवाती गोलको अग्रतालाई जोगाउन नसक्दा सिएमजी संकटा क्लबले ए डिभिजन लिगमा शनिबार ब्रीगेड ब्वाईज क्लब (बीबीसी) सँग १–१ को बराबरी खेलेको छ ।

हल्चोक स्थित एपिएफ स्टेडियममा सम्पन्न खेलको १३ औं मिनटमा अमित तामाङको गोलबाट शुरुवाती अग्रता लिएको संकटाले त्यसलाई पहिलो हाफसम्म पनि कायम राख्न सकेन ।

उता खेलको २८ औं मिनटमा बीबीसीका लागि जय गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । यो नतिजापछि १० खेलबाट २५ अंक जोडेको संकटा दोस्रो स्थानमा छ र शिर्ष स्थानमा रहेको मनाङसँगको अंक बराबरी गर्नबाट चुकेको छ ।

अपराजित मनाङले २७ अंक जोडेको छ र शिर्ष स्थानमा छ । साथै मनाङ एक खेल समेत कम खेलेको छ । उता बीबीसी भने ६ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...