थ्रीस्टारको लगातार दोस्रो बराबरी

काठमाडौं (खेलदैनिक) । दावेदार मानिएको रुस्लान थ्रीस्टार क्लबले जारी पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबार लगातार दोस्रो बराबरी खेलेको छ ।

हल्चोकस्थित एपिएफ स्टेडियममा सम्पन्न दशौं चरणको पहिलो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । यसअघि आफ्नो पछिल्लो खेलमा जित नजिक पुगेर आर्मीसँग १–१ को बराबरी खेल्न बाध्य भएको थ्रीस्टारले फेरि अर्को बराबरीमा चित्त बुझाएको छ ।

यो बराबरी नतिजापछि १० खेलबाट २३ अंक जोडेको थ्रीस्टार तेस्रो स्थानमा छ र शिर्ष स्थानमा रहेको मनाङ भन्दा ४ अंकले पछाडी छ । उता एक खेल कम खेलेको अपराजित मनाङ भने २७ अंकका साथ शिर्ष स्थानमा यथावत छ । च्यासलले भने १४ अंक जोडेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...