इलामले फाइनलमा उदयपुरको सामना गर्ने

तेह्रथुम (खेलदैनिक) । यहाँ जारी प्रथम श्री भगिमन सिंह तुम्बाहाङफे कप आ्मन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा इलाम र उदयपुर उपाधिका लागि भिड्ने भएका छन् ।

म्याङलुङ, तेह्रथुम स्थित स्थानीय खेलमैदानमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा इलामले कडा प्रतिस्पर्धात्मक खेलमा झापालाई २–० ले हरायो । इलामको जितमा मनिष राई र पासाङ शेर्पाले गोल गरे । खेलमा पासाङ शेर्पा म्यान अफ द म्याच घोषित भए ।

उपाधिका लागि अब इलामले शनिबार उदयपुरको सामना गर्नेछ । उदयपुरले शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा पाँचथरलाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको थियो । फाइनल खेल शनिबार दिनको २ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।

श्री भगिमन सिंह तुम्बाहाङफे स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५ हजार प्राप्त गर्नेछ । कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि पुस ७ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...