लिगमा एनआरटीको पहिलो जित

काठमाडौं (खेलदैनिक) । खराब लयबाट गुज्रिरहेको न्युरोडटिम (एनआरटी) ले पल्सर शहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार पहिलो जित हात पारेको छ । सशस्त्र प्रहरीको एपिएफ स्टेडियममा सम्पन्न खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २–१ ले हरायो ।

खेलमा गोलको खाता एनआरटीले नै खोलेको थियो । एनआरटीका लागि ३० औं मिनटमा इस्माई युवीले पहिलो गोल गरे । पहिलो हाफसम्म त्यो अग्रतालाई एनआरटीले कायम पनि राख्यो ।

त्यस्तै दोस्रो हाफको ५७ औं मिनटमा सुशिल लामाले एनआरटीको अग्रता दोब्बर पारे । तर लगतै ५८ औं मिनटमा सुमन डंगोलले जावलाखेलका लागि १ गोल फर्काए तापनि त्यो प्रर्याप्त बनेन ।

यो जितका बावजुद एनआरटी लिगतालिकामा ४ अंकका साथ पुछारमा छ । उता पराजित जावलाखेल भने ८ अंकका साथ पुछारबाट पाँचौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...