दशौं सिमरा गोल्डकप माघ पहिलो सातादेखि, बिजेतालाई ६ लाख

सिमरा (खेलदैनिक) । रुस्लान दशौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिता यहि आउँदो माघ ३ गतेदेखि शुरु हुने भएको छ ।

नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा हुन गईरहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ । त्यस्तै उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल वा स्कुटर प्रदान गरिने आयोजक क्लबका अध्यक्ष कशिम मियाले जानकारी दिए । त्यस्तै प्रतियोगिताको विद्यागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही २०–२० हजार प्रदान गरिने अध्यक्ष मियाले बताए ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार प्रदान गरिनेछ भने प्रतियोगिताको उदयीमान खेलाडीलाई १५ हजार प्रदान गरिने समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी गरायो ।

सम्पन्न गर्न कुल ७७ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा नेपालका शिर्ष टोलीहरुले सहभागिता जनाउने आयोजक क्लबका महासचिव शम्भु ठकुरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...