नेपालको फिफा वरियतामा एक स्थान सुधार

काठमाडौं (खेलदैनिक) । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले डिसेम्बर महिनाका लागि जारी गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६१ औं स्थानमा पुगेको छ । सो वरियता प्राप्त गर्ने क्रममा नेपालले कुल १००१ अंक प्राप्त गर्यो । दक्षिण एसियातर्फ भने नेपाल चौथो स्थानमा छ ।

त्यसैगरी फिफा वरियताको ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ भने १४७ औं वरियतामा रहेको अफगानिस्तान दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।

फिफाको १५२ औं वरियतामा परेको साफ च्याम्पियन माल्दिभ्स तेस्रो स्थानमा छ भने १८६ औं वरियतामा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । त्यस्तै १९२ औं वरियतामा रहेको बंगलादेश दक्षिण एसियातर्फ छैठौं स्थानमा छ ।

उता १९९ औं वरियतामा रहेको पाकिस्तान दक्षिण एसियातर्फ सातौं स्थानमा छ भने २०१ औं वरियतामा रहेको श्रीलंका दक्षिण एसियातर्फ पुछारमा रहँदै आठौं स्थानमा छ ।

विश्व वरियतामा बेल्जियम अगाडी

त्यस्तै विश्व वरियताको शिर्ष स्थानमा भने बेल्जियम छ । विश्व विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा दक्षिण अमेरिकी जायन्ट ब्राजील तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...