त्रिज्योतिलाई सिक्स ए साइड छात्र फुटबलको उपाधि

प्रथम त्रिज्योति कप अन्तरविद्यालय फुटबल उपाधि विजेता त्रिज्योति टोली ट्रफीसाथ ।

काठमाडौं (खेलदैनिक) । आयोजक त्रिज्योति ‘ए’ प्रथम त्रिज्योति कप अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ ।

कपनको फैकास्थित घरेलु मैदानमा भएको फाइनलमा त्रिज्योति ‘ए’ ले बागमतीलाई ४–३ गोलले पराजित गर्यो । विजेताका समिर राईले २ तथा लोकेन्द्र कुलुङले १ गोल गरे । एक गोल आत्माघाती रह्यो । बागमतीबाट तीनै गोल जतिन बरालले फर्काए । अपराजित त्रिज्योति ‘ए’ ले लिगमा मान्डु र काठमाडौं शिक्षालय, क्वाटरफाइनलमा शिशु मिलन तथा सेमिफाइनलमा लिटिल मुनलाई हराएको थियो ।

त्रिज्योति ‘ए’ का समिर राई उत्कृष्ट खेलाडी घोषित भए । गोलरक्षकमा लिटिन मुनका रविन तामाङ तथा प्रशिक्षकमा त्रिज्योतिका सुजन चाम्लिङ प्रशिक्षकमा उत्कृष्ट चुनिए । प्रतियोगिताभर २३ गोल गरेका लिटिल मुनका करण विक सर्वाधिक गोलकर्ता बने । छहारी र लिटिल मुनले संयुक्त रुपमा अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई उप सभामुख डा. शिवमाया तुम्बाहाम्फे, त्रिज्योतिका चेयरम्यान केशवप्रसाद दंगाल, त्रिज्योतिका मानार्थ प्राचार्य डा. भगवान अर्याल, त्रिज्योतिका भाइस प्रिन्सिपल गणेशकुमार मिश्रलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर २२ गतेदेखि सुरु प्रतियोगितामा आयोजक त्रिज्योतिको २ सहित २२ टिम सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...