समिरराजले ह्याट्रिक गर्दा उदयपुर सेमिफाइनलमा

तेह्रथुम (खेलदैनिक) । शानदार जितका साथ उदयपुर जारी प्रथम श्री भगिमन सिंह तुम्बाहाङ्फे कप आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

म्याङलुङ, तेह्रथुम स्थित स्थानीय खेलमैदानमा सम्पन्न क्वाटरफाइनल भिडन्तमा उदयपुरले संखुवासभालाई ४–० ले हरायो । उदयपुरको जितमा समिरराज राउतले ह्याट्रिक गरे भने अर्जुन मगरले थप एक गोल गरे । खेलमा ह्याट्रिक गरेका उदयपुरका समिरराज राउत म्यान अफ द म्याच समेत घोषित भए ।

श्री भगिमन सिंह तुम्बाहाङ्फे स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि पुष ७ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...