
धनगढी (खेलदैनिक) । सर्वाधिक पुरस्कार राशीको तेस्रो खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिता यहि पुष २४ गतेदेखि शुरु हुने भएको छ ।
सुदुरपश्चिम ११ स्पोर्टस् क्लबको आयोजनामा शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।
धनगढी रंगशालामा हुने प्रतियोगितामा नेपालका शिर्ष टोलीहरुको सहभागिता रहनेछ । त्यस्तै चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार प्रतियोगितामा भारत र भुटानका टोलीहरुले पनि सहभागिता जनाउन सक्ने सम्भावना रहेको छ ।
प्रतियोगिताको साविक विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब हो । आर्मीले गत संस्करणको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ५–४ ले हराउँदै उपाधि जितेको थियो ।