जलथल एफसी, झापा क्वाटरफाइनलमा

तेह्रथुम (खेलदैनिक) । जलथल एफसी, झापा जारी प्रथम श्री भगिमन सिंह तुम्बाहाङफे कप नकआउट आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

म्याङलुङ, तेह्रथुम स्थित स्थानीय खेलमैदानमा बुधबार सम्पन्न खेलमा जलथलले द यङ ब्रदर्श, इटहरीलाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो । बुधबारको खेलमा गणेश हेमरन म्यान अफ द म्याच घोषित भए ।

श्री भगिमन सिंह तुम्बाहाङफे मेमोरियल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५ हजार प्राप्त गर्नेछ । कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि पुस ७ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...