लिग उपाधिको दौडमा थ्रीस्टारलाई धक्का

काठमाडौं (खेलदैनिक) । अन्तिम मिनट सम्हालिन नसक्दा रुस्लान थ्रीस्टार क्लबले पल्सर शहिद स्मारक ए डिभिजन लिगमा बुधबार त्रिभुवन आर्मी क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ । यो बराबरी नतिजासँगै थ्रीस्टारको लिग उपाधि जित्ने भअियानमा पनि धक्का लागेको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न प्रतिस्पर्धात्मक खेलको ७० औं मिनटमा बक्स नजिकैबाट निराजन खड्काले गोल गर्दै थ्रीस्टारलाई शुरुवाती अग्रता दिलाएका थिए । तर पाटने क्लब अन्तिम समयमा आएर सम्हालिन सकेन ।

उता इन्जुरी समयको ९४ औं मिनटमा आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । यो बराबरी नतिजासँगै लिग उपाधि जित्ने थ्रीस्टारको अभियानमा धक्का लागेको छ ।

लिगको नवौं चरणको खेल समाप्तीसम्म थ्रीस्टार २२ अंकका साथ तेस्रो स्थानमा छ र लिगलिडर मनाङभन्दा ५ अंकले पछाडी छ । त्यस्तै १८ अंक जोडेको आर्मी चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...