अभिषेकले जोगाए पुलिसको सम्भावित हार

काठमाडौं (खेलदैनिक) । खेलको अन्तिमतिर अभिषेक रिजालले गोल फर्काएपछि जारी पल्सर शहिद स्मारक ए डिभिजन लिगको नवौं चरणतर्फ बुधबार विभागिय टोली नेपाल पुलिस क्लबले आफ्नो सम्भावित हार टारेको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एक गोलले पछि परेको स्थितिमा पुलिसले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) सँग १–१ को बराबरी खेल्दै आफ्नो सम्भावित हार टारेको हो । शुरुवाती मिनटमे गोल खान पुग्दा पुलिस हारको संघारमा पुगेको थियो ।

खेल शुरु भएको तेस्रो मिनटमै बीबीसीका लागि रितिक खड्काले गोल गरेपछि बीबीसीले अप्रत्याशित अग्रता लिएको थियो । तर त्यो अग्रतालाई बीबीसीले अन्तिम १६ मिनट जोगाउन सकेन । उता दोस्रो हाफको ७४ औं मिनटमा अभिषेक रिजालले पुलिसका लागि गोल फर्काउँदै टोलीको सम्भावित हार टारेका थिए ।

यो नतिजापछि ९ खेलबाट १५ अंक जोडेको पुलिस छैठौं स्थानमा छ र लिगलिडर मनाङ भन्दा १२ अंकले पछाडी छ । उता लिगको दोस्रो जित हात पार्नबाट बञ्चित भएको बीबीसी भने ५ अंकका साथ पुछारबाट चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...