आयोजक त्रिज्योति र बागमती उपाधिका लागि भिड्ने


प्रथम त्रिज्योति कप अन्तरविद्यालय फुटबलमा लिटिल मुन विरुद्ध त्रिज्योतिका खेलाडी बल अगाडि बढाउदै ।

काठमाडौं (खेलदैनिक) । आयोजक त्रिज्योति ‘ए’ र बागमती प्रथम त्रिज्योति कप अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

कपनको फैकास्थित घरेलु मैदानमा भएको सेमिफाइनलमा त्रिज्योति ‘ए’ ले लिटिल मुनलाई ४–३ गोलले पराजित गर्यो । विजयी टिमका लागि समिर राईले ह्याट्रिक गरे भने पुस्कर पौडेलले १ गोल थपे । लिटिलबाट करण विकले ह्याट्रिक गरे ।

अर्को सेमिफाइनलमा बागमतीले छहारीलाई ७–२ गोलले हरायो । बागमतीका जतिन बरालले ५ तथा अनिक मगरले २ गोल गरे । छहारीबाट दुवै गोल कमल रसाइलीले गरे । फाइनल बिहीबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...