फिदिम स्पोर्टिङ क्वाटरफाइनलमा

तेह्रथुम (खेलदैनिक) । फिदिप स्पोर्टिङ क्लब, पाँचथर जारी प्रथम श्री भगिमन सिंह तुम्बाहाङफे कप नकआउट आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

म्याङलुङ, तेह्रथुम स्थित स्थानीय खेलमैदानमा मंगलबार भएको खेलमा फिदिमले विराट मेघा स्पोर्ट एकेडेमी, मोरङलाई २–० ले हरायो । फिदिमको जितमा म्यान अफ द म्याच समेत घोषित मिलन राई र प्रविन जगेबु गोल गरे ।

प्रतियोगिता अन्तरगत पुस ४ गते बुधबारको खेल दयङ ब्रदर्श, इटहरी र जलथल एफसी, झापाबीच हुने आयोजकले जनाएको छ ।

श्री भगिमन सिंह तुम्बाहाङफे मेमोरियल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५ हजार प्राप्त गर्नेछ । कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि पुस ७ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...