ताप्लेजुङलाई हराउँदै इलाम क्वाटरफाइनलमा

तेह्रथुम (खेलदेनिक) । झिनो अन्तरको जितका साथ इलाम जारी प्रथम श्री भगिमन सिंह तुम्बाहाङफे कप नकआउट फुटुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार म्याङलुङ स्थित स्थानीय खेलमैदानमा सम्पन्न खेलमा इलामले ताप्लेजुङलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । इलामको जितमा खेल शुरु भएको चौथो मिनटमै दर्शन गुरुङले एक मात्र निर्णायक गोल गरे । खेलमा म्यान अफ द म्याच ताप्लेजुङका अनुप लिम्बु घोषित भए ।

श्री भगिमन सिंह तुम्बाहाङफे मेमोरियल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५ हजार प्राप्त गर्नेछ । कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि पुस ७ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...