एन्फा कोचिङ कोर्ष प्रदेश २ मा शुरु

काठमाडौैं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा कोचिङ कोर्ष सोमबारदेखि प्रदेश नम्बर २ मा शुरु भएको छ ।

देशको सातै प्रदेशमा आयोजना गर्ने योजनासहित एन्फाले शुरु गरेको यो कोचिङ कोर्ष सोमबार प्रदेश २ का मन्त्री नवल किशोर शाहले एक कायृक्रमका बीच उद्घाटन गरे । कार्यक्रममा एन्फाका केन्द्रिय उपाध्यक्ष उपेन्द्रमान सिंह लगायतका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

चर्चित फुटबल साईट गोलनेपालका अनुसार एन्फाले यो कोर्ष एएफसी सी लाइसेन्स कोर्षलाई लक्षित गरेर आयोजना गरिरहेको छ । कोचिङ कोर्षलाई जापानीज प्रशिक्षकले सञ्चालन गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...