आयोजक त्रिज्योति सेमिफाइनलमा

प्रथम त्रिज्योति कप अन्तरविद्यालय फुटबलमा पिक प्वाइन्ट विरुद्ध बल अगाडि बढाउदै बागमतीका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । आयोजक त्रिज्योति ‘ए’ प्रथम त्रिज्योति कप अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिज्योति ‘ए’ ले शिशु मिलनलाई ८–१ गोलले सहजै पराजित गर्यो । त्रिज्योति ‘ए’ का समिर राईले ४, लोकेन्द्र कुलुङले २ तथा पुस्कर पौडेलले १ गोल गरे । बाँकी १ गोल आत्माघाती थियो ।

लिटिल मुन, बागमती र छहारी पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । लिटिल मुनले प्रोग्रेसिभलाई ९–३ को फराकिलो गोलअन्तरले हरायो । विजयी टिमका लागि करण विक एक्लैले ८ गोल गरे भने एलडिजी राईले १ गोल थपे । प्रोग्रेसिभका सुजन पाख्रिनले २ तथा साङ दोर्जेले १ गोल गरे ।

बागमतीले पिक प्वाइन्टमाथि ५–३ को जित हात पार्यो । बागमतीका जतिन बरालले ह्याट्रिक गरे भने प्राण्जल न्यौपाने र अनिक मगरले १–१ गोल गरे । पिक प्वाइन्टका सुवास तामाङ र विजेन्द्र श्रेष्ठले १–१ गोल फर्काए ।

सारदा विरुद्धको खेलमा छहारी ४–२ ले विजयी भयो । छहारीका बाबा तामाङले २ गोल गरे भने अन्य २ गोल आत्माघती रह्यो । सारदाका लक्ष्मण राई र सागर सिलवालले १–१ गोल गरे । सेमिफाइनलमा त्रिज्योति ‘ए’ को भेट लिटिल मुनसंग हुनेछ भने बागमतीले छहारी विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...