चौथो उदयपुर गोल्डकप : मोरङ ११ सेमिफाइनलमा, एपिएफ टाइब्रेकरमा ३–१ ले पराजित

माघ २९ – मोरङ ११ चौथो उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङ ११ सशस्त्र प्रहरीको एपिएफ क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

निर्धारित समयसम्म दुबैतर्फबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट खेलको टुंगो लागेको हो । टाइब्रेकरमा मोरङका लागि नीरज बस्नेत, अनोश मगर र बुद्धिमान राईले गोल गरे । एफिएफका तर्फबाट भीम श्रेष्ठले मात्रै गोल गर्न सकेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...