शेर्पाको जितमा विश्वासको निर्णायक गोल

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ सोमबार भएको नवौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले सफलता हात पारेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा शेर्पाले खराब लयमा रहेको न्युरोडटिम (एनआरटी) लाई शून्यका विरुद्ध १ गोलले हरायो । शेर्पाको जितमा पहिलो हाफको इन्जुरी टाइममा विश्वास श्रेष्ठले एक मात्र निर्णायक गोल गरे ।

जारी लिगमा शेर्पाको यो चौथो जित समेत हो । उता लगातार पराजय बेहोरिरहेको एनआरटीको यस सिजन यो आठौं हार समेत हो ।


प्रतिक्रिया दिनुहोस

Loading...