रेड स्टार झापालाई फिदिम नगर गोल्डकपको उपाधि

पाँचथर (खेलदैनक) । प्रथम फिदिम नगर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि रेड स्टार क्लब, झापाले जितेको छ ।

रानीटार, पाँचथर स्थित स्थानीय खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा रेड स्टारले मितेरी एफसीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच सरोज कार्की घोषित भए ।

बिजेता बनेको रेड स्टारले उपाधिसहित नगद १ लाख हात पारेको छ भने उपविजेता मितेरीले ५० हजारमा चित्त बुझाएको छ । स्वतन्त्र क्लब, रानीटार, पाँचथरको आयोजनामा भएको प्रतियोगितामा पूर्वका आठ टोलीहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...