श्री भगिमान सिंह तुम्बाहाङ्फे कप सोमबारदेखि

तेह्रथुम (खेलदैनिक) । श्री भगिमान सिंह तुम्बाहाङफे कप नकआउट फुटबल प्रतियोगिता सोमबारदेखि शुरु हुन गईरहेको छ । तेह्रथुम म्याङलुङ स्थित स्थानीय खेलमैदानमा शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमाम तेह्रथुम र संखुवासभा भिड्ने भएका छन् ।

चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार प्रतियोगितामा तेह्रथुम, ताप्लेजुङ, उदयपुर, मोरङ, पाँचथर, झापा, इलाम, धनकुटा र सुनसरीका गरी कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि पुस ७ गते हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...