दोस्रो बिशाल गोल्डकप पुस अन्तिम सातादेखि

बिरगंज (खेलदैनिक) । विशाल मेमोरियल फाउण्डेशनको आयोजनामा दोस्रो बिशाल गोल्डकप नकआउट फुटबल प्रतियोगिता पुस २८ गतेदेखि शुरु हुने भएको छ ।

बिरगंज स्थित नारायणी स्टेडियममा हुने प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको दोस्रो संस्करणको विजेताले उपाधिसहित नगद ५,५५,५५५ हात पार्नेछ भने उपविजेताले २,७७,७७७ रुपैयाँ हात पार्नेछ । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जानकारी दियो ।


प्रतिक्रिया दिनुहोस

Loading...