आयोजक टोलीलाइ प्रथम स्मृति कपको उपाधि

बुटवल (खेलदैनिक) । बुटवलमा सम्पन्न प्रथम स्मृति कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजकको टोली स्मृति इङलिस बोर्डिङ स्कुलले जितेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा शनिबार सम्पन्न फाइनल भिडन्तमा स्मृतिले स्कलर्स होम एकेडेमीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । स्मृतिको जितमा दुवै गोल कप्तान निशान न्यौपानेले गरे ।

स्मृति स्पोर्टस् क्लब, तिलोत्तमा ३, रुपन्देहीको आयोजना भएको प्रतियोगिताको बिजेता बनेको स्मृतिले उपाधि सहित नगद ५१,१११ रुपैया हात पारेको छ भने उपविजेता बनेको स्कलर्स होमले २५,१११ रुपैयामा चित्त बुझाएको छ ।




प्रतिक्रिया दिनुहोस

Loading...