गुरुङ परिवारद्धारा सहारा एकेडेमीलाई सहयोग

पोखरा (खेलदैनिक) । देश कै नमूना एकेडेमीका रुपमा पहिचान बनाएको पोखराको सहारा क्लवद्धारा संचालित सहारा एकेडेमीमा विभिन्न व्यक्तिबाट सहयोग आउने क्रम जारी रहेको छ । यसै क्रममा एकेडेमीलाई एक परिवारले आर्थिक सहितको खाद्यान्न सहयोग गरेका छन् ।

पोखरा महानगरपालिका १४ सगरमाथाटोल औधोगिक क्षेत्र निवासी नन्दसिंह गुरुङ र डिल माया गुरुङले आफ्नो छोरा सन्तोष गुरुङको स्मृतिमा सहारा एकेडेमीलाई १२ हजार २ सय १२ हजार साथमा खाद्यान्न सामाग्री सहित करिब २० हजार बराबरको सहयोग गरेको छन् ।

उक्त सहयोग क्लवका अध्यक्ष केशव बहादुर थापा, बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङ(सुरज) लाई एक कार्यक्रमका बीच एकेडेमीमा हस्तान्तरण गरिएको थियो । साथै गुरुङ परिवारले छोराको जन्मदिनको अवसरमा एकेडेमीमा केक काटेर तथा खाना ख्ुवाएर जन्मदिन मनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...