साफ महिला च्याम्पियनसिप : नेपालको पहिलो भिडन्त भुटानसँग (खेलतालिकासहित)

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सन् २०१९ मा नेपालमा हुन गईरहेको साफ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक गरेको छ ।

जसअन्तरगत आयोजक नेपाल, बंगलादेश, भुटान र पाकिस्तान समूह ए मा परेका छन् भने समूह बी तर्फ साविक विजेता भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

आगामी बर्षको मार्च १२ देखि २२ तारीखसम्म हुन गईरहेको प्रतियोगिताका सबै खेलहरु बिराटनगर स्थित शहिद रंगशालामा हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा मार्च १२ तारीखका दिन आयोजक नेपालले भुटानसँगै खेल्नेछ भने सोही दिन बंगलादेशले पाकिस्तानको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...