सुनसरी : एन्फा कोचिङ कोर्ष सम्पन्न

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको कोचिङ कोर्ष सुनसरीको इटहरीमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । एन्फाले प्रदेश नम्बर १ मा रहेका प्रशिक्षकहरुका लागि सो कोचिङ कोर्ष आयोजना गरेको थियो ।

उक्त कोचिङ कोर्षमा सहभागि कुल ३४ प्रशिक्षकहरुलाई एन्फाका प्राविधिक निर्देशक चियाकी ताकेडा र जापानीज गोलरक्षकले प्रशिक्षण दिएका थिए ।

एन्फाका उपाध्यक्ष पंकज नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न कायृक्रममा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार यस्ता कोर्षहरु अन्य प्रदेशहरुमा पनि आयोजना गरिने एन्फाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...