शारदा र बाग्मती क्वाटरफाइनलमा

त्रिज्योति कप अन्तरविद्यालय छात्र फुटबलमा शारदा र भ्याली पब्लिक (रातो) बीचको खेल ।

काठमाडौं (खेलदैनिक) । शारदा एकेडेमी र बाग्मती प्रथम त्रिज्योति कप अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

शारदाले भ्याली पब्लिकलाई २–१ गोलले पराजित ग¥यो भने बाग्मतीले आयोजक त्रिज्योति ‘बी’ लाई ७–० गोलअन्तरले हरायो ।

अन्य प्रतिस्पर्धामा लिटिल मुनले बोधीसदनलाई ७–१, शिक्षालयले मान्डुलाई १२–३ र छहारीले फेरिल्यान्डलाई ३–२ गोलले पन्छाए ।


प्रतिक्रिया दिनुहोस

Loading...