फिदिम नगर गोल्डकप : शानदार जितका साथ मितेरी फाइनलमा

पाँचथर (खेलदैनिक) । शानदार जित हात पार्दै मितेरी एफसी जारी प्रथम फिदिम नगर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फाइनल प्रवेश गर्ने क्रममा मितेरीले छिन्तापु स्र्पोटिङलाई ५–१ ले हरायो । मितेरीको जितमा २ गोल गरेका मिलन राई खेलको म्यान अफ द म्याच घोषित भए ।

मितेरीले फाइनलमा अब शनिबार हुने दोस्रो सेमिफाइनलतर्फ आयोजक स्वतन्त्र क्लब र रेड स्टारबीचको विजेतासँगै उपाधिका लागि भिड्नेछ । स्वतन्त्र क्लब रानीटार, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल पुस १ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...