आर्मीलाई हराउँदै मनाङको शतप्रतिशत जितको यात्रा जारी

काठमाडौं (खेलदैनिक) । बलियो प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै लिगलिडर मनाङ मस्र्याङ्दी क्लबले जारी ए डिभिजन लिगमा आफ्नो शतप्रतिशत यात्रालाई निरन्तरता दिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्पलेक्समा सम्पन्न खेलको पहिलो हाफतर्फ ३२ औं मिनटमा मनाङका लागि बिशाल राईले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलको म्यान अफ द म्याच मनाङका मोहमद आसिफ घोषित भए ।

यो नतिजापछि ८ खेलबाट २४ अंक जोडेको अपराजित मनाङ शिर्ष स्थानमा यथावत छ । उता पराजित आर्मी भने १५ अंकका साथ चौथो स्थानमा छ ।

पुलिसको एकतर्फी जित

यसअघि शुक्रबार नै सम्पन्न पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फ्रेण्डस क्लबमाथि ५–० को एकतर्फी जित हात पार्यो ।

पुलिसका लागि अभिषेक रिजाल, रबि पासवान, भरत साह, तेज तामाङ र निर कुमार राईले गोल गरे । यो जितपछि ८ खेलबाट १४ अंक जोडेको पुलिस पाँचौं स्थानमा छ । उता पराजित फ्रेण्डस् भने पुछारबाट चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...