
तनहुँ (खेलदैनिक) । तमु समुदायहरुको पर्व तमु ल्होसार (पुस १५) को अवसरमा तनहुँ जिल्लामा तमु ल्होसार कप फुटबल प्रतियोगिता हुने भएको छ ।
एसडीवाईसी, पुलिमराङको आयोजनामा व्यास नगरपालिका ८, पुलिमराङ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगितामा तनहुँ जिल्लाका क्लबहरुको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ ।