
काठमाडौं (खेलदैनिक) । आयोजक त्रिज्योति माविले त्रिज्योति कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।
कपनको फैकास्थित घरेलु मैदानमा त्रिज्योतिले मान्डुलाई ८–१ गोलले पराजित गर्यो । अन्य खेलमा शारदाले ब्रेनल्यान्डलाई १०–० तथा जुगलले साम्तेनलाई ५–१ गोलले हराए । पुष्पलाल र अमरदीपले २–२ को बराबरी खेले ।

त्रिज्योति कप अन्तरविद्यालय फुटबलको उद्घाटन गर्ने क्रममा रेफ्रीलाई बल हस्तान्तरण गरिदै ।
प्रतियोगिताको प्रदेश सांसद नुच्छेनारायण श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । त्रिज्योति २५ औं वर्ष प्रवेशको अवसरमा आयोजित प्रतियोगितामा २२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।