ए डिभिजन लिग : भिक्टर निर्णायक बन्दा सरस्वतीको तेस्रो जित

काठमाडौं (खेलदैनिक) । बिहीबारदेखि सुचारु भएको पल्सर शहिद स्मारक ए डिभिजन लिगको आठौं चरणको खेलतर्फ सरस्वती युथ क्लबले लिगमा तेस्रो जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सरस्वतीले खराब लयमा रहेको न्युरोडटिम (एनआरटी) लाई १–० ले हरायो । सरस्वतीको जितमा खेलको ७४ औं मिनटमा प्राप्त पेनाल्टीलाई बिना कुनै गल्ती भिक्टर एमोबीले एक मात्र निर्णायक गोल गरे ।

खेलको म्यान अफ द म्याच सरस्वतीका राज शाही घोषित भए । यो जितसँगै ८ खेलबाट ९ अंक जोडेको सरस्वती नवौं स्थानमा उक्लिएको छ । उता अंकविहीन एनआरटी भने पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...