माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा किरण

काठमाडौं (खेलदैनिक) । नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डतर्फ उत्कृष्ट गोलरक्षक विद्याको मनोनयनमा परेका छन् । स्मरणीय छ कि धिवेही प्रिमियर लिगतर्फ किरणको टोली टिसी स्पोर्टस्ले यस सिजनको लिग उपाधि जितेको थियो ।

https://twitter.com/Goal_Nepal/status/1072828905428418561

लिग भरि किरणको प्रदर्शन पनि उत्कृष्ट रह्यो । उनले भर्खरै लिगको उत्कृष्ट गोलरक्षकको अवार्ड समेत जितेका थिए । त्यस्तै यता माल्दिभ्स फुटबल अवार्डको उत्कृष्ट गोलरक्षकको मनोनयनमा किरणसँगै सुजन परेरा र मोहमद फैजल परेका छन् । अवार्ड बिजेताको घोषणा यहि आउँदो डिसेम्बर २९ तारीखका दिन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...