युरोप पुगे नेपालका पूर्व यु–२३ फुटबलर शेर्पा

काठमाडौं (खेलदैनिक) । नेपालका पूर्व यु–२३ फुटबलर तथा यसै सिजन सरस्वती युथ क्लबमा आवद्ध भएका आक्रमक मिडफिल्डर जङबु शेर्पा बैदेशिक अध्ययनका लागि युरोप पुगेका छन् ।

जारी पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ सरस्वतीका लागि शुरुवाती केही खेल समेत खेलेका शेर्पाले नचाहेर पनि अध्ययनलाई निन्तरता दिन फुटबललाई बिचैमा छाड्नु परेको बताए । ‘अब फुटबलमा नलाग्ने त ?’ भनेर खेलदैनिकले प्रश्न गर्दा उनी भन्छन्, “एक बर्षको कोर्ष छ । त्यसपछि हेरौं के हुन्छ । तर फुटबललाई धेरै मिस गरिरहेको छु ।”

साथै युरोपका लागि प्लेन टिकटको व्यवस्था सरस्वती युथ क्लबले गरिदिएको समेत बताए । नेपालको उमेर समूहतर्फ यु–१५, यु–१६ टोलीबाट समेत खेलिसकेका शेर्पाले चर्चित विभागीय टोली सशस्त्र प्हरीको एपिएफ क्लब र चर्च ब्वाईज युनाइटेडबाट समेत खेलेका थिए ।

एपिएफबाट खेल्ने क्रममा शेर्पा ।

प्रतिक्रिया दिनुहोस

Loading...