फेका कप : कौस्तुभ र करियर सेमिफाइनलमा

फेका कप अन्तरविद्यालय फुटबलमा करियर र हाइली क्रिएटिभ (हरियो) का खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । कौस्तुभ र डिफेन्डिङ च्याम्पियन करियर १३ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कौस्तुभले न्यु स्टार पोललाई १–० गोलले पराजित गर्यो । कौस्तुभका लक्ष्मण गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए । करियरले हाइली क्रिएटिभलाई १–० गोलले नै हरायो । हाइलीका समिर दाहाल ‘म्यान अफ द म्याच’ चुनिए ।

प्रीतिमाले श्रमशीललाई टाइब्रेकरमा ३–२ गोलले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । प्रीतिमाका आयुश मग्राती ‘म्यान अफ द म्याच’ ठहरिए ।


प्रतिक्रिया दिनुहोस

Loading...