
काठमाडौं (खेलदैनिक) । बूढानीलकण्ठ र शहिद धर्मभक्त एसएमएल इसुजु २५ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
बूढानीलकण्ठले आयोजक ज्ञानोदयलाई ५–२ गोलले पराजित गर्यो । विजेताका मन्जिल गौतमले ४ तथा निर्मल घलेले १ गोल गरे । ज्ञानोदयका सपन महर्जन र डियोन गौचनले १–१ गोल फर्काए ।
शहिद धर्मभक्तले श्रीकुल विद्यालयलाई २–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि रामशरण भुजेलले दुवै गोल गरे । श्रीकुलका वीरेन्द्र राउतले सान्त्वना गोल गरे ।
मिनि ब्वाइज बास्केटबलतर्फ ओसिस र पुष्पसदनले फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।