अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा सहभागिता जनाउन भुटानले दियो नेपाललाई निम्तो

काठमाडौं (खेलदैनिक) । भुटान एफएले यसै बर्ष हुन गईरहेको जिग्मे दोर्जी वाङचुक गोल्डकपका लागि एउटा नेपाली टोली पठाउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आग्रह गरेको छ । चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार एन्फाले भने यसबारे अझै पुष्टी गरेको छैन ।

भारतको सिमा क्षेत्र फुनसोलिङमा सन् १९८७ देखि बार्षिक रुपमा आयोजना हुँदै आएको यो प्रतियोगिता पछिल्लोपटक सन् २००६ यता रोकिएको थियो । यद्यपि भुटान एफएले यसै बर्षदेखि यो प्रतियोगितालाई निरन्तरता दिने तयारी गरेको छ ।

गोलनेपालका अनुसार प्रतियोगिताको प्रथम संस्करणको उपाधि नेपालकै जनकपुरको एक क्लबले जितेको थियो । हाल यो प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन भने जयगाँव स्पोर्टस् एशोसिएशन, पश्चिम बंगाल, भारत रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...