
काठमाडौं (खेलदैनिक) । आयोजक ज्ञानोदय एसएमएल इसुजु २५ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
ज्ञानोदयले पुष्पसदनलाई ३–१ गोलले पराजित ग¥यो । ज्ञानोदयका आयुश खपाङ्गीले २ तथा सुरज बुढाले १ गोल गरे । पुष्पसदनका सुरज लोकन्द्रीले १ गोल फर्काए ।
श्रीकुलले लिटिल एन्जल्स (एलए) लाई टाइब्रेकरमा ६–५, शहिद धर्मभक्तले मल्पीलाई ३–० र बूढानीलकण्ठले इनोभेटिभलाई १–० गोलले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा बूढानीलकण्ठको भेट ज्ञानोदयसंग हुनेछ भने श्रीकुलले शहिद धर्मभक्तको सामना गर्नेछ ।
मिनि ब्वाइज बास्केटबलमा ओसिसले आयोजक ज्ञानोदयलाई २८–१५ तथा पुष्पसदनले एलएलाई ३४–२१ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे ।