ए डिभिजन लिग : मनाङको कठिन जितमा ओलावाले निर्णायक

काठमाडौं (खेलदैनिक) । कठिन जितका साथ लिग लिडर मनाङ मस्र्याङ्दी क्लबले जारी पल्सर शहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रा र शिर्षतालाई कायम राखेको छ ।

सोमबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मनाङ मच्छिन्द्र एफसी विरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्यो । खेल बराबरीतर्फ लम्किरहेको बेला अन्तिमतिर ८६ औं मिनटमा आफिज ओलावालेले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच मच्छिन्द्रका दिप कार्की घोषित भए । यो जितसँगै ७ खेलबाट २१ अंक जोडेको मनाङ शिर्ष स्थानमा यथावत छ । उता पराजित मच्छिन्द्र भने पुछारबाट दोस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...