उदयपुर गोल्डकप: हिमालयन शेर्पा सेमिफाइनलमा, त्रियुगा ४-१ ले पराजित

उदयपुर, माघ २८ / हिमालयन शेर्पा क्लब चौथो उदयपुर गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । गाईघाटको थरुहट रंगशालामा शुक्रबार भएको खेलमा घरेलुटोली त्रियुगा नगरपालिका ११ लाई ४–१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा पुगेको हो ।

खेलको ११ औं मिनेटमा शेर्पाका सुरज हमालले पहिलो गोल गरेका थिए । २२ औं मिनेटमा उदयपुरका रामु थापा मगरले खेल बराबरीमा पुर्याए ।त्यसपछि खेलमा उदयपुरको आत्मघाती गोल भयो र हिमालयन शेर्पा २–१ ले अघि रह्यो । खेलको ७९ औं मिनेटमा हिमालयन शेर्पाका मौसाकामागाटेले गोल गरेर टिमलाई ३–१ को स्थितिमा पुर्याए । ८२ औं मिनेटमा शेर्पाका विश्वास श्रेष्ठले गोल गरेर टिमलाई ४–१ को जित दिलाए ।

सिमरा गोल्डकपमा बिहीबार त्रिभुवन आर्मीसँग हारेको हिमालयन शेर्पाले रातारात उदयपुर पुगेर शुक्रबार घरेलु टोलीसँग खेलेको हो । उदयपुरगोल्डकपमा शनिबार सशस्त्र प्रहरीको एपिएफ क्लब र मोरङ फुटबल क्लबबिच खेल हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...